बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बुल्गेरिया – संयुक्त राष्ट्रसङ्घको महासचिव पदका लागि बुल्गेरियाले नयाँ उम्मेदवार उठाउने भएको छ ।
युनेस्कोकी प्रमुख इरिना बोकोभाको सट्टामा बुल्गेरियाले युरोपेली आयोगका उपाध्यक्ष क्रिष्टालिन जर्जीभालाई उठाउने भएको हो । “मलाई लाग्छ, उहाँ नै सशक्त उम्मेदवार हुनुहुन्छ” बुल्गेरियाका प्रधानमन्त्री ब्वाइको बोरिसोभले एक राज्यस्तरीय बैठकमा भन्नुभयो ।
यही हप्ता सम्पन्न १५ सदस्यीय राष्ट्रिय परिषदको बैठकव्दारा गरिएको अनौपचारिक मतदानमा बोकोभा कमजोर देखिनु भयो । उहाँ बलिष्ठ पाँच जना भित्र पर्नु पर्नेमा छैठौं क्रममा पर्नु भएको थियो । बर्तमान राष्ट्रसंघीय प्रमुख दक्षिण कोरियाका वान की मुनलाई विस्थापित गर्न जर्जीभा सक्षम हुने विश्वास गरिएको छ । “बोकोभालाई उम्मेदवार बनाउने वातावरण गराउन हामीले अन्तिम समयसम्म संपूर्ण शक्ति र मेहनेत प्रयोग गर्यौं । तर उहाँलाई अन्य देश र अन्य महिला उम्मेदवार नै पछाडी पार्ने भए ।” प्रधानमन्त्री बोरिसोभले भन्नुभयो ।
महासचिव पदको दौडमा अहिलेसम्म पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनो गट्रेस अग्रपङिक्तमा देखिनु भएको छ ।

तपाईको प्रतिक्रिया