बुधबार, बैशाख ०५, २०८१
Wednesday, April 17, 2024

changa

काठमाडौं – चङ्गा उडाउने संस्कृतिलाई जोगाउने उद्देश्यले काठमाडौँको टुँडिखेलमा ‘दसैँ चङ्गा चेट्’ महोत्सवको आयोजना गरिने भएको छ ।

‘एक्टिभ यो मिडिया हाउस’को आयोजनामा यही असोज १४, १५ र १६ गते ‘दसैँ चङ्गा चेट्’ महोत्सवको आयोजना गरिने भएको हो । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा हाउसका व्यवस्थापन निर्देशक उमा श्रेष्ठले सो महोत्सवमा विशेष गरी विद्यार्थीको आकर्षण देखिएको बताउनुभयो ।

‘दसैँ चङ्गा चेट्’ फेसबुक पेजमार्फत अहिले नै ५० जनाभन्दा बढीले नाम दर्ता गराइसकेको उहाँले जानकारी दिनुभयो । उक्त महोत्सवमा चङ्गा उडाउने मात्र नभई विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरिने भएको छ । महोत्सवमा कलाकार सविन राई, अनिल शाही, रविन एन्ड द न्यू रेभुलुसन, सुगम पोखरेल, निशा देशार, सपना रानीलगायतको साङ्गीतिक प्रस्तुति रहनेछ ।

उक्त महोत्सवमा प्रवेश निःशुल्क भए पनि चङ्गा उडाउन चाहनेले रु ६०० तिर्नुपर्नेछ । व्यवस्थापन निर्देशक श्रेष्ठका अनुसार उक्त महोत्सवबाट सङ्कलन भएको रकमलाई घरेलु हिंसा पीडित महिलाका लागि प्रयोग गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया