बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – इजरायलका पूर्व राष्ट्रपति तथा प्रधानमन्त्री शिमोन पेरेजको ९३ वर्षको उमेरमा निधन भएको छ । दुई साताअघि मस्तिष्कघात भएपछि उहाँ गम्भीर बिरामी हुनुभएको थियो ।

पेरेज दुई पटक प्रधानमन्त्री र एकचोटि राष्ट्रपति हुनुभएको थियो । सन् १९४८ मा नयाँ मुलुकको रूपमा इजरेलको जन्म देखेका इजरेली राजनीतिज्ञहरुको पुस्ताका अन्तिम नेतामध्ये उहाँ पनि एक हुनुहुन्थ्यो । पेरेज इजरेलको गोप्य पारमाणविक कार्यक्रमको निर्माता मानिनुहुन्छ । _91403615_1ac0e261-e8f3-4d1f-8e99-24ad79d3b294

उहाँले प्यालेस्टिनीहरुसंग शान्ति सम्झौताका लागि भूमिका निर्वाह गरेको भन्दै सन् १९९४ मा नोबेल शान्ति पुरस्कार पनि जित्नुभएको थियो । जीवनको उतरार्द्धतिर पनि पेरेज सक्रिय हुनुहुन्थ्यो ।

उहाँले खासगरी आफ्नो गैरसरकारी संस्था ‘पेरेज सेन्टर फर पिस’ मार्फत इजरेली र प्यालेस्टिनीबिच नजिकको सम्बन्ध बनाउन भूमिका निर्वाह गर्नुभएको बीबीसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया