बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

sambooo

काठमाडौं – भियतनामको दानाङमा जारी पाँचौं एसियाली बिच गेम्समा सहभागी हुने नेपाली साम्बो टोलीलाई सोमबार विदाइ गरिएको छ ।
युवा तथा खेलकुद मन्त्री दलजीत विक श्रीपालीले एक कार्यक्रमका बीच उनीहरुलाई शुभकामना दिदै विदाइ गर्नु भएको हो । सेप्टेम्बर २८ देखि अक्टोबर ३ तारिखसम्म हुने साम्बो पुरुष ६२ केजी मुनि हिमप्रभ खत्री र कृष्णलाल तामाङले प्रतिस्पर्धा गर्ने नेपाल साम्बो महासंघका महासचिव उत्तम श्रेष्ठले जानकारी गराउनु भयो । त्यस्तै, महिला तर्फ भने ६४ केजी मुनि अस्मिला छन्त्यालले नेपालको चुनौति प्रस्तुत गर्ने भएको छ ।

sambo
यस पटक साम्बो खेलमा ४५ राष्ट्रले भाग लिदै छ । यस अघि थाइल्याण्डको फुकेटमा भएको चौंथो संस्करणको खेलमा नेपालले कास्य पदक जितेको थियो । टिम व्यवस्थापकको जिम्मेवारी भने उपाध्यक्ष पुरुषोत्तम सिंखडालाई दिइएको छ ।

samboo

तपाईको प्रतिक्रिया