शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

44

काठमाडौं – धादिङ जिल्लाको मार्पाक गाविसमा भएको बस दुर्घटनाको उद्धार कार्य सम्पन्न भएको मार्पाक चौकीले जानकारी दिएको छ ।
आज विहान धादिङवेशीबाट ३० यात्रु लिएर किन्ताङफेदी जाँदै गरेको बस लपाङस्थित जिरोकिलोमा दुर्घटना भएको थियो । दुर्घटनामा परि १८ यात्रुको निधन भएको थियो । निधन भएका १८ मध्ये १० जनाको शव पहिचान भएको छ । मृत्यु हुनेमा बस चालक गंगावीर विक, कमला पौडेल, दीलकुमारी अधिकारी, पदमबहादुर स्माइली मगर, रुद्रबहादुर घले, रामचन्द्र सापकोटा, लिलाबहादुर गुरुङ, मना तामाङ, रङसिंह तामाङ र चीरमाया तामाङ रहेका छन् । उनीहरु सबैको शव अहिले आँखुखोलाको बगरमा राखिएको छ । बस सडकबाट करीब ३ सय मिटर तल आँखुखोला बगरमा खसेको थियो ।

33

मार्पाक चौकीका प्रहरी जवान रिचन प्रजाले समुद्रपारिलाई दिनु भएको जानकारी अनुसार १२ जना सिकिस्त घाइते भएका छन् । उनीहरुको उपचारका लागि काठमाडौं पठाइएको छ । मृतक मध्ये एक नाबालक रहेको छ । उनको पनि पहिचान हुन सकेको छैन । दुर्घटनास्थलमा आफन्तहरु पुग्ने क्रम जारी रहेकोले केही समयमा नै थप ८ शवको पहिचान हुने उनको भनाइ छ ।

11

यसैबीच, दुर्घटनास्थलमै रहनु भएका बस चालक जीवन राना मगरले बस क्षतविक्षत अवस्थामा रहेको जानकारी दिनु भयो । बस धेरै चोइटा भएकोले दुर्घटनामा मानवीय क्षति बढी भएको उहाँको भनाइ थियो । चालक मगरले कच्ची बाटोमा पहिरो गएको र यात्रुको संख्या पनि बढी भएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको बताउनु भयो । बसको सहचालकको भने पत्तो लाग्न सकेको छैन । अहिले घटनास्थलमा नेपाल प्रहरी र स्थानीयको ठूलो भीड लागेको छ ।

marpak4 marpak5

तपाईको प्रतिक्रिया