बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौँ – साउदी अरबको जेद्धामा १८ महिनादेखि तीन नेपाली कामदार अलपत्र छन् । सर्लाही, ब्रह्मपुरी–८ का सोमन राउत, बेलबाजदी–३ का नथुनी साह तेली र सुनसरी, नर्सिङ–१ का करिमुदिन मियाँ अवैध रूपमा बसेबापतको करिब साढे ६ लाख रुपैयाँ क्षतिपूर्ति तिर्न नसकेर अलपत्र परेका हुन् ।

आजको कान्तिपुर दैनिकमा खबर छ । अचम्म त के छ भने सर्लाहीका सोमन राउतलाई सांसद दुलारी देवीले १ लाख ३५ हजार रुपैयाँ लिएर पठाएकी हुन् । एमालेबाट समानुपातिक सांसद बनेकी दुलारीले आफ्ना स्वकीय सचिव अशोककुमार मुखियालाई साक्षी राखेर २०७१ फागुन ४ गते रकम बुझेको भर्पाई फेला परेको छ । पछिल्लो एक महिना यता तीनै कामदार जेद्धास्थित दूतावासको सेल्टरमा बसिरहेका छन् ।

बानेश्वर, थापा गाउँमा रहेको अल नासिर ओभरसिज प्रालिमार्फत तीनै कामदार २०७१ वैशाख २८ गते साउदी पुगेका हुन् ।

तपाईको प्रतिक्रिया