बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – नेपाल वायु सेवा निगमको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । भारतको नयाँ दिल्लीबाट आएको निगमको एयरवस ३२० को ककपिटमा धुवाँ आएपछि आकस्मिक अवतरण गर्नुपरेको होे ।

lumbini-airbus

विमानमा रहेको ९ जना चालक दलका सदस्य र १ सय ५४ जना यात्रु सकुशल रहेको विमानस्थलका अधिकारीले बताएका छन् । निगमका प्राविधिक तथा इन्जिनियरहरुले विमानको अवस्था जाँच गरिरहेका छन् ।

आकस्मिक अवतरणका कारण विमानस्थल केहिबेर बन्द भएको विमानस्थल कार्यालयले जनाएको छ । अहिले भने उडान पुन सञ्चालनमा आइसकेको छ ।

यसअघि झण्डै २ हप्ता अघि निगमको अर्को विमान काठमाडौंमा नै अवतरणका क्रममा टायर पड्किएको थियो । निगमसँग अब अन्तर्राष्ट्रिय उडान भर्नका लागि एउटा मात्र विमान बाँकी छ ।

तपाईको प्रतिक्रिया