शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपालले आगामी दसै तिहारको अवसरमा “सिटी बजाउनुहोस्, काठमाडौँमा घडेरी पाउनुहोस्“ उपहार योजना प्रस्तुत गरेको छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत् विदेशबाट पैसा पठाउँदा र नेपालमा पैसा प्राप्त गर्दा यही मिति २०७३ असोज १० गतेदेखि पुस ९ गतेसम्म कारोबार गर्ने ग्राहकहरूमध्ये १ जना भाग्यशाली ग्राहकले काठमाडौँ उपत्यकाभित्र नै ४ आना जग्गा प्राप्त गर्नेछ ।

साथै यो कार्यक्रमबाट हरेक हप्ता १ जना भाग्यशाली विजेताले ३२ इन्च एल.इ.डि. टेलिभिजन पनि प्राप्त गर्नेछ । १२ हप्तासम्म सञ्चालन गरिने यो योजनाबाट १२ जना भाग्यशाली विजेता घोषणा गरिनेछ । सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक श्री चन्द्र टण्डनले भन्नुभयो, “हामीले विगतमा गाडी तथा मोटरसाइकलजस्ता उपहार दिँदै आएका थियौँ । तर यो वर्षको दसैँ–तिहारलाई मध्यनजर गर्दै जग्गा नै दिने निर्णय गरेका हौँ ।

घडेरी तथा जग्गा कुनै उपहारमा मात्र सीमित नरही सपना तथा भविष्यसँग पनि भावनात्मक रूपमा जोडिएको हुनाले ग्राहकहरूको सपनाको कदर गर्दै हामीले जग्गा नै उपहारस्वरूप प्रदान गर्नेछौँ ।“सुप्रसिद्ध हास्य कलाकारद्वय धुर्मुस–सुन्तलीलाई ब्रान्ड एम्बेसेडरका रूपमा प्रस्तुत गरेर सिटी एक्सप्रेसले “सिटी बजाएर“ बजार प्रवर्धन कार्यक्रम प्रस्तुत गरेको थियो । सोही कार्यक्रमलाई निरन्तरता दिँदै कम्पनिले “सिटी बजाउनुहोस्, काठमाडौँमा घडेरी पाउनुहोस्“ कार्यक्रम अघि सारेको हो ।

तपाईको प्रतिक्रिया