बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो – चीनले भद्रगोल तवरले आफ्नो आइसल्याण्डमा सैन्य विमान उडाएको प्रति जापानले आपत्ती जनाएको छ ।  हिजो चीनको ८ वटा सैनिक जेट विमान जापानको ओकिनावा र मियाकोजिमा क्षेत्रको मध्यभागमा उडेपछि जापानले आपत्ती जनाएको हो ।

japan-2

युद्धक जेट र निगरानी विमान हमला गर्ने सैलिमा जापानको क्षेत्रमा उडाइएको जापानको दावी रहेको छ । तर चीनले भने आफ्ना विमानले जापानको क्षेत्र पार नगरेको भन्दै आरोपको खण्डन गरेको छ ।

दक्षिण चीन सागमा अमेरिकासँग मिलेर जापानले पनि संयुक्त अभ्यास गर्ने जनाएको एक साता पछि चीनियाँ विमान जापानको क्षेत्रमा प्रवेश गरेको जनाइएको छ ।
यसअघि जापानका उच्च सरकारी अधिकारीले जापानले चीनको सैन्य गतिविधि नजिकबाट नियालेको जनाएका थिए ।

तपाईको प्रतिक्रिया