शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौँ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक आज पनि बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दिउसो २ बजे बस्ने बैठकमा प्राधिकरणको समग्र वस्तुस्थिति तथा आर्थीक वर्ष २०७३-७४ को नीति, कार्यक्रम एवं बजेट सम्बन्धमा छलफल हुनेछ ।

यस्तै तीन लाख रुपैयाँ निव्र्याजी ऋण उपलब्ध गराउने सम्बन्धमा, भूकम्प पीडित जनतालाई पहिलो किस्ताको रकम उपलब्ध गराउने सम्बन्धी ४५ दिने कार्य योजना र कार्य प्रगति अवस्था र कार्य प्रणालीको पुनरावलोकन तथा जनशक्ति व्यवस्थापन लगायतका विषयमा पनि आजको बैठकका एजेन्डा रहेका छन् ।

यसअघि हिजो बसेको बैठकले भूकम्पपिडितका निजी आवास पुर्ननिर्माणका लगि थप एक लाख दिने विषयमाथि छलफल सुरु भएको थियो । अघिल्ला सरकारले घर पुनर्निर्माणका लागि भूकम्प पीडित प्रति परिवारलाई दुई लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको वर्तमान सरकारले त्यसमा एक लाख थप गरी तीन लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ ।

तपाईको प्रतिक्रिया