बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

पूर्व गृहमन्त्री घिमिरेसहित सातजना सवार गाडी दुर्घटना k"j{ u[xdGqL dfwjk|;fb l3ld/];lxt ;ft hgf r9]sf] uf8L k[YjL /fhdfu{sf] 3f]K6]eL/af6 lqz'nLdf v;]kl5 36gf:yndf :yfgLosf] eL8 . tl:a/ M gf/fo0f clwsf/L, lrtjg÷/f;;

चितवन – पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित सात जना चढेको गाडी आज अपराह्न पृथ्वी राजमार्गको दाह्रेचोक गाविस–३ घोप्टेभिरबाट त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घिमिरेसहित तीन दाजुभाई त्रिशूलीमा बेपत्ता हुनुभएको छ । उहाँका सवारी चालक प्रहरी हवल्दार विष्णु राई घाइते हुनुहुन्छ । प्रजिअ विनोदप्रकाश सिंहका अनुसार मृत्यु हुनेमा घिमिरेकी आमा ८० वर्षीया चैतन्यकुमारी, सुरक्षागार्ड सशस्त्र प्रहरी नायब निरीक्षक रामचन्द्र कार्की र आफन्त नारायण काफ्ले रहेका छन् । काफ्ले घिमिरेका भान्जा भएको बताइएको छ ।

सिंहका अनुसार घिमिरेसहित उहाँका भाइहरु प्रकाश र मोहन पनि त्रिशूलीमा बेपत्ता भएका छन् । मुक्तिनाथबाट पोखरा हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा ९ च १५३१ नं को स्करपियो गाडी दुर्घटनामा परेको हो । सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारका प्रहरी नायब उपरीक्षक जनक बस्नेतका अनुसार घुम्तीबाट गाडी त्रिशूलीमा खसेको हो । सडकबाट करिब १५० मिटर तल नदीमा गाडी खसेको बस्नेतले जानकारी दिनुभयो ।

आमा चैतन्यकुमारी, कार्की र आफन्त काफ्लेको शव नदी किनारमा भेटिएको बस्नेतले बताउनुभयो । चालक राई भने केही माथि भिरमा घाइते अवस्थामा भेटिनुभएको थियो । घाइते राईको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।

घाइते राईलाई कसैसँग पनि भेट गर्न दिइएको छैन । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । चालक राईले नै प्रहरीलाई सबैभन्दा पहिले दुर्घटनाको खबर गरेको बताइएको छ । दमौलीमा खाना खाएपछि पूर्व गृहमन्त्री घिमिरेले चालक राईलाई ‘आराम गर’ भन्दै आफैँ गाडी चलाएको चालकलाई उद्धृत गर्दै उद्धारमा संलग्न प्रहरीले जनाएको छ ।

घटनास्थल मनकामना केबलकारको गेटबाट डेढ किलोमिटर मुग्लिनतर्फको दूरीमा पर्दछ । दुर्घटनास्थलमा नदीको दुवैपट्टी पानीले भरिएकाले खोजी कार्य कठिन भएको छ । सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम केन्द्रका सात जनाको गोताखोर टोलीले साँझदेखि डुङ्गामा बसेर बेपत्ता व्यक्ति र गाडीको खोजी कार्य गरिरहेको छ । बस्नेतले बाटोबाट ‘लाइटिङ टावर’बाट उज्यालो दिने व्यवस्था गरेर खोजी कार्य जारी राखेको बताउनुभयो । टावरले चार किलोमिटर परसम्म उज्यालो दिने उहाँले बताउनुभयो ।

विसं २०६६ साउन २२ गतेदेखि २०६९ साउन २१ गतेसम्म मुख्यसचिव हुनुभएका घिमिरे खिलराज रेग्मी नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा गृह तथा परराष्ट्र मन्त्री हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया