शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं  – एभरेष्ट प्रिमियर लिग ट्वान्टी ट्वान्टी क्रिकेटमा पञ्चकन्या तेजले विजयी शुरुवात गरेको छ । कीर्तिपुरको त्रिवि मैदानमा भएको खेलमा पञ्चकन्याले जगदम्बा राइनोजलाई ६ विकेटले हराएको हो । १ सय ३० रनको लक्ष्य पाएको पञ्चकन्याले १९ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

cri

पञ्चकन्यालाई जिताउन लामो सयमपछि क्रिजमा फर्किएका पृथु बास्कोटाले ४८, आरिफ सेखले नटआउट ३३ र कप्तान शरद भेषावकरले २७ रन बनाए । पृथुले ४६ बलमा दुई छक्का र चार चौका प्रहार गरे । टस हारेर पहिले ब्याटिङ गरेको जगदम्बाले चार विकेट गुमाएर १ सय २९ रन बनाएको थियो ।

जगदम्बाका लागि सोमपाल कामीले सर्वाधिक नटआउट ४३ रन बनाए रहे । उनले २० बलमा दुई चौका र चार छक्का प्रहार गरे । महेश क्षेत्रीले ३० र कप्तान शक्ति गौचनले २९ रन बनाए ।

तपाईको प्रतिक्रिया