बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

स्याङ्जा – सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्याङजाको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शनिबार सम्पन्न साधारणसभामा डिभिजन सहकारी कार्यालयका प्रमुख फर्सुराम भट्टराईले सहकारीले कृषि क्षेत्रलाई बिशेष जोड दिएर सदस्यहरुलाई सेवा पुर्‍याउनु पर्ने, सहकारी हरु एकीकरण प्रक्रियामा जानुपर्ने, सदस्य बृद्धि संगै सिपमुलक र आयमुलक कार्यमा लाग्नुपर्ने कुरामा जोड दिनुभयो । 14448962_1470042299676094_1764960338823062966_n

कार्यक्रममा सल्लाहकार अनन्त कुमार श्रेष्ठले सहकारीले आगामी ३ बर्षमा १४ हजार सदस्य बनाउने र १ अर्बको ब्यालेन्स सिट पुर्‍याउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा पुर्व अध्यक्ष हुम बहादुर कुमाल, सल्लाहकार गोविन्द्र प्रसाद शर्मा, बिष्णु प्रसाद उपाध्याय, रविन्द्र प्रसाद श्रेष्ठ, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा लगायतले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा सदस्यहरुलाई बिभिन्न बिधामा सम्मान तथा पुरस्कार बितरण पनि गरिएको थियो ।

तपाईको प्रतिक्रिया