शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौँ – स्याङ्जाका गीतकार टिएन रेग्मीको पहिलो गीतिसङ्ग्रह ‘मर्यादा’ बजारमा आएको छ । प्रकाश नेपालीको सङ्गीत रहेको उक्त सङ्ग्रहमा रिमा गुरुङ, शिव परियार, जुनु रिजाल, सुविना लो, विश्व नेपाली र मदन सेन्चुरीको स्वर सुन्न सकिन्छ ।

capture-2

विन्ध्यवासिनी म्युजिक प्रालिले शुक्रबार बजारमा ल्याएको उक्त सङ्ग्रहको गीतकार प्राडा कृष्णहरि बरालले विमोचन गर्दै सङ्ग्रहमा रहेका गीत निकै खारिएका गीतकारले लेखेको जस्तो अनुभव भएको बताउनुभयो । उहाँले समाजको विकृति न्यूनीकरण गर्न स्रष्टाले याथार्थ पथप्रदर्शन गर्नुपर्नेमा जोड दिनुभयो ।

सङ्गीतकार राजु सिंहले गीतमा सङ्गीत भर्ने बेला सङ्गीतकारलाई मौलिक र स्वतन्त्र ढङ्गले काम गर्न दिएमा त्यसले राम्रो परिणाम ल्याउन सक्ने बताउनुभयो ।  गीतकार रेग्मीले आफूले सङ्ग्रह निकाल्ने बेला निकै म्युजिक कम्पनी धाउनुपरेको स्मरण गर्नुभयो ।

तपाईको प्रतिक्रिया