बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

एलोप्पो – सिरियाको मुख्य सहर एलोप्पोमा भएको हवाई आक्रमणका कारण झण्डै २० लाख मानिस पानीबाट बञ्चित भएका छन् । संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफका अनुसार एलेप्पोका पूर्वी र पश्चिमी क्षेत्रमा पानी आपूर्ति बन्द भएको छ ।

siriya

७ दिनका लागि गरिएको युद्धविराम टुंगिएपछि विद्रोहीको पकड रहेको एलेप्पो फिर्ता लिने उद्देश्यले सेनाले कारबाही सुरु गरेको हो । युनिसेफले पानीको आपूर्ति बन्द हुँदा एलेप्पोका बासिन्दा फोहोर पानी पिउन बाध्य भएकाले महामारी फैलिन सक्ने जनाएको छ ।

सिरियामा सरकारी र विद्रोही पक्षले एक अर्कामाथि नोक्सान पुर्‍याउन पानीलाई मुख्य हतियार बनाउने गरेका छन् ।युद्धविराम अन्त्य भएसँगै गएको सोमबारदेखि सिरियामा फेरि हिंसात्मक आक्रमण सुरु भएका छन् । युद्धविराम फेरि लागु गर्ने विषयमा अमेरिका र रुसबिच भएको वार्तामा सहमति जुट्न सकेको छैन ।

रुसले राष्ट्रपति बसर अल असदको साथ दिँदै आएको छ भने अमेरिकाले राष्ट्रपतिको विरोधमा रहेका विपक्षीको सहयोग गर्दै आएको छ । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले सिरिया द्वन्द्व समाधानका लागि अमेरिका र रुसबिच सहमति आवश्यक रहेको र सहमतिमा युद्धविराम गर्नुको विकल्प नरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया