शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको पहिलो खेल स्थगित भएको छ । शनिबार हुने तय भएको कान्तिपुर गोर्खाज र विशाल वारियर्सको खेल पानी परेपछि स्थगित भएको हो ।

१७ गतेसम्म चल्ने प्रतियोगितामा कान्तिपुर र विशालसँगै पञ्चकन्या तेज, कलर्स एक्स फ्याक्टर्स, जगदम्बा राइनोज र सगरमाथा लिजेन्ड्स गरी ६ टिम सहभागी छन् ।

जोहरा स्पोर्टस म्यानेजमेण्ट जेडएसएमको आयोजनामा हुन लागेको प्रतियोगिता राउण्ड रोबिन लिगको आधारमा हुनेछ । प्रतियोगितामा सहभागी हरेक टिमले कम्तिमा पाँच खेल खेल्नेछन् ।

तपाईको प्रतिक्रिया