मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडौँ – अष्ट्रेलियन पूर्व कप्तान माईकल क्लार्कको निमन्त्रणमा अष्ट्रेलिया पुगेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले पहिलो खेलमा उत्कृष्ट प्रर्दशन गरेका छन् ।

आज बिहान सम्पन्न मोसमन क्रिकेट क्लबबिरुद्धको खेलमा ८ ओभर बलिङ गर्दै लामिछानेले १७ रन मात्र खर्चेर १ विकेट हात पारेका हुन् । लेग स्पिनर लामिछानेले किफायती बलिङ गरेपछि मोसमन निर्धा्रित ५० ओभरको खेल सकिन २० बल बाँकी छँदै १ सय ४१ रनमा समेटिएको थियो ।

१ सय ४२ रनको चुनौती पछ्याएको वेष्टर्न सर्बव क्रिकेट क्लबले अहिले जवाफि ब्याटिङ गरिरहेको छ । लामिछाने क्लार्कको बेष्र्टनबाट क्रिकेट खेल्न एक साता अघि अष्ट्रेलिया पुगेका थिए ।

तपाईको प्रतिक्रिया