बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो – पूर्वी जापानको तटीय सहरमा शुक्रवार शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार ६.४ रिक्टर स्केलको भूकम्प गएको जनाएको छ ।

स्थानीय समयाअनुसार शुक्रवार बिहान ९ः१४ गएको यस भूकम्पको हालसम्म मानवीय र सम्पत्ति क्षतिको कुनै विवरण प्राप्त भइसकेको छैन । भूकम्पको केन्द्रविन्दु कात्सुउराबाट सहर १५० किलोमिटर टाढा आसपासकै इलाकामा रहेको बताइएको छ । जापानको मौसमविज्ञान विभागका अनुसार भने यो भूकम्प ६.५ रिक्टर स्केलको मापन गरिएको छ ।1474626816japan-final

जापानको उत्तरपूर्वी तटीय क्षेत्रमा सन् २०११ को मार्च आएको ९.० रिक्टर शक्तिशाली भूकम्पपछिको सुनामीमा परी कम्तीमा १८ हजार व्यक्तिको मृत्यु भएको थियो । गत अप्रिलमा दक्षिण जापानी सहर कुमामोतो प्रान्तमा आएको दुई शक्तिशाली भूकम्पमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको थियो ।

यस भूकम्पपछि एक हजार सात सय पटक पराकम्पनहरु महसुस गरिएको जापानी सञ्चार माध्यमले बताएको थियो ।

तपाईको प्रतिक्रिया