बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

काठमाडौं – इन्टरनेट कम्पनी याहुले ५० करोड युजर एकाउण्ट ह्याक भएको जनाएको छ । ह्याकर्स समूहले आफ्नो ५० करोड युजर एकाउण्ट ह्याक गरेको याहुले पुष्टी गरेको हो ।

yahoo

यति धेरै युजर एकाउण्ट ह्याक भएको इतिहासमा नै पहिलो हो । याहुले इमेल ह्याक गर्नु वा हुनु सामान्य कुरा हुनु चिन्ताको विषय भएको बताएको छ ।

याहुले पेमेन्ट कार्ड वा बैंकको एकाउण्टबाट ह्याक भएको नभई व्यक्तिको नाम, इमेल ठेगाना, फोन नम्बर र जन्मदिनको तारिख तथा पासवर्ड ह्याक भएको हुन सक्ने जनाएको छ ।

याहुले सन् २०१४ देखि आफ्नो एकाउण्टको पासवर्ड परिवर्तन नगरेको भए तत्काल बदल्न पनि प्रयोगकर्तालाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया