बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो-विप्लव नेतृत्वको नेकपा (माअोवादी) निकट नेपाली जनप्रगितशील समाज जापानको दोस्रो अधिवेशनका लागि नेताहरू जापान अाईपुगेका छन् ।

नेकपा (माअोवादी) का स्थायी समिति सदस्य तथा प्रवक्ता खडक वहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ अाज विहान हानेदा विमानस्थलमा अाईपुगेका हुन् ।
नेता द्वयलाई विमानस्थलमा समाजका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

२४ तारिक शनिवार हुने अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी अधिवेशन तयारी समितिले दिएको छ । २४ तारिक शनिवार हुने अधिवेशन ३ बजेबाट शुरू हुने समितिले जनाएको छ । त्यसो त अामन्त्रित नेताद्वयसँग अाजै नेपाल पत्रकार महासंघ, जापानको अायोजनामा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम रहेको छ । कार्यक्रम टोकियो रोधी क्लवमा ३ बजेदेखि हुन गइरहेको छ । ***
prakanda-and-kanchan

 

तपाईको प्रतिक्रिया