बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

अमेरिका – अमेरिकाको नर्थ क्यारोलिना राज्यको सार्लोटमा आपतकालीन अवस्था घोषणा गरिएको छ । नर्थ क्यारोलिना राज्यका गर्भनरले हिंसात्मक गतिविधि बढ्दै गएपछि आपतकालीन अवस्था घोषणा गरेका हुन् ।

apat

प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको ज्यान गएपछि त्यसको विरोधमा प्रदर्शन भइरहेको छ । दुई दिनदेखि भइरहेको प्रदर्शन नियन्त्रण बाहिर गएपछिसार्लोट शहरमा आपतकालीन अवस्था लागु गरिएको सिएनएनले जनाएको छ ।

त्यहाँ राष्ट्रिय सुरक्षागार्ड खटाइएको छ । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर गर्न अश्रृग्यासको प्रयोग गरेको छ । गएको मंगलबार प्रहरीको गोली लागेर अश्वेत व्यक्ति ४३ वर्षका किथ लमोन्ट स्कटको ज्यान गएको थियो ।

त्यसपछि विरोध प्रदर्शन सुरु भएको छ । प्रहरीले स्कटलाई साथमा रहेको ह्याण्डगन बुझाउन आग्रह गरेको नमानेपछि गोली हानेको बताएको छ । तर परिवारका सदस्यले भने किताब पढिरहेका बेला प्रहरीले गोली हानेको बताएका छन् । मंगलबार रातिदेखि सुरु भएको विरोध प्रदर्शनका कारण अहिलेसम्म १६ जना प्रहरी अधिकारी घाइते भएका छन् ।

 

तपाईको प्रतिक्रिया