बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – मध्य दक्षिण एशियालीस्तरको आइ एच एफ ट्रफी ह्याण्डबल प्रतियोगिताका लागि नेपाली महिला तथा पुरुष टिमको घोषणा भएको छ ।  अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघले हरेक दुई वर्षमा आयोजना गर्ने आइ एच एफ ट्रफीमा यमनसहित ९ राष्ट्रको सहभागिता रहने छ ।

प्रतियोगिता असोज २३ गतेदेखि २७ गतेसम्म बंगलादेशको ढाकामा हुने छ । नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङ्गका अनुसार छनौटमा परेका १४ महिला खेलाडीमा निशा राई, रमिला बस्नेत, यशोदा ताम्राकार, संगिता श्रेष्ठ, तारादेवी महत, लक्ष्मी राई, सुष्मिता  वैद्य, शिला रेग्मी क्षेत्री, रमिता खड्का, आकृती गुरुङ्ग, बविता श्रेष्ठ, प्रतिमा थापा, आइत लामा र अन्जना मल्ल रहेका छन् ।

महिलाको टिम म्यानेजरमा संघका सदस्य प्रकाश कुमार सुनुवार र प्रशिक्षकमा पर्वत गुरुङ्ग र विन्दा कुमारी महाराजी छन् ।त्यसैगरि छनौटमा परेका पुरुष खेलाडीमा तेन्जेन लामा, नरेन्द्र विसी, रमेश केसी, आशिष अधिकारी, सचित कार्की, सन्दिप खडका, चन्द्र केसी, सरुण श्रेष्ठ, भुवन शाही, सुजन महर्जन, सुजन मगर, शुधान्सु श्रेष्ठ, मात्रिका राई र राजेश तामाङ्ग रहेका छन ।

यसै गरि टिमको म्यानेजरमा संघका उपाध्यक्ष भिम बहादुर केसी, प्रशिक्षकमा हिमाल दाहाल र रमेश सापकोटा रहेका छन् । सन् २०१२ मा नेपाल र सन् २०१४ मा पाकिस्तानमा भएको प्रतियोगितामा नेपाली महिला टोली तेश्रो भएको थियो ।

तपाईको प्रतिक्रिया