शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – गोर्खा भूकम्पपछि नेपालमा विभिन्न संघसंस्थाहरुले सहयोग गरे । केहीले उद्धारमा सहयोग गरे, केहीले तत्काल राहतको व्यवस्था गरिदिए, केहीले घर बनाइदिने बचन दिए त केहीले आफूले सकेको सहयोग गरे । यता, जापान टोकियोमा रहेको एभरेष्ट इन्टरनेशनलका साना भाइबहिनीहरुले भने भूकम्पका कारण नेपालमा भत्किएका विद्यालय भवन पुनर्निर्माण गर्ने अठोट गरे । विद्यालयको व्यवस्थापन समूह, शिक्षकशिक्षिका तथा शुभचिन्तकहरुको सहयोगमा उनीहरुले भक्तपुर स्थित श्री महांकालेश्वर प्राविको भवन निर्माण सम्पन्न गरे । जापानमा रहेका साना विद्यार्थीहरुले उनीहरु जस्तै तर दुःख पाएका विद्यार्थीहरुको अध्ययनका लागि निर्माण गरिएको विद्यालय भवनको एउटा कथा समुद्रपारि विशेषमा ।

तपाईको प्रतिक्रिया