बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौँ – दसैँ, असत्यमाथि सत्यको विजय र अहिंसाको सन्देश बोकेको नाटक ‘काजी बा’को प्रदर्शन थिएटर मल, काठमाडौँ मलमा देखाइने भएको छ । नाटकमा दसैँका नाममा हुने गरेको सांस्कृतिक विचलनलाई कथामा समेटिएको परिकल्पनाकार दुर्गा दाहालले बताउनुभयो ।

…sfhL afÚ gf6ssf] k"j{ b[Zo  cfpFbf] zlgaf/ sf7df8f}F dndf b]vfOg] …sfhL afÚ gf6ssf] k"j{ b[Zo . tl:a/M kljq u'/fFufO{, /f;;

दाहालले भन्नुभयो – “सत्य र असत्यको विजयका सन्दर्भमा मनाइने महान् पर्वमा हाम्रो समाजमा हुने गरेका ढोङ र अधर्मको विषय उठाउन खोजेको छ । नाटक कस्तो छ त्यो त दर्शकले मूल्याङ्कन गर्लान् ।”

नाटक निर्देशन अजय अधिकारी ‘सुशील’ले गर्नुभएको हो । नाटक आगामी शनिबार दुई चरण (दिउँसो १ र ४ बजे) मात्र देखाइने बताइएको छ ।

तपाईको प्रतिक्रिया