शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौँ – अमेरिकाका राष्ट्रपति बाराक ओबामाले नेपालको संविधान दिवसका उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेपाली जनतालाई एक सन्देश पठाउनु भई शुभकामना तथा बधाई ज्ञापन गर्नुभएको छ । obama

शुभकामना सन्देशमा ओबामाले संयुक्त राज्य अमेरिकाका जनताको तर्फबाट शुभकामना व्यक्त गर्न पाएकोमा खुसी व्यक्त गर्नु भएको छ । सन्देशमा उहाँले भन्नुभएको छ,‘तपाईँको देशमा विनाशकारी भूकम्प गएको एक वर्षभन्दा बढी समय बितिसकेको छ र त्यस विपत्मा आफ्ना प्रियजन गुमाएका परिवारहरूको शोक अझै पनि अमेरिकी जनताले अनुभूत गरिरहेका छन् ।

त्यस शोकका बिच पनि नेपालको भविष्यका लागि ठुलो आशा रहेको छ । आफ्ना घर र जीवनहरू पुनर्निर्माण गरेका नेपालीहरूको बलको अमेरिकाले सधैँ प्रशंसा गरिरहनेछ र यस प्रयत्नमा तपाईँहरूलाई सहयोग गर्नका लागि हामी आफूले सक्ने सहयोग गरिरहने छौँ ।’ उहाँले नेपालको जलविद्युत् सम्भावनाको वृद्धि, पूर्वाधार विकास र दुखद द्वन्द्वबाट प्रभावित सबैका लागि न्यायको खोजी लगायतका उपलब्धिमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

राष्ट्रपति ओबामाले लोकतन्त्रले प्राकृतिक सम्बन्ध स्थापना गर्दछ भन्नु हुँदै आगामी वर्षहरूमा दुई देशबीचको त्यस सम्बन्धलाई प्रगाढ बनाउन चाहेको उल्लेख गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया