बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौँ – भोलिदेखि उपत्यकामा चाडपर्वलाई लक्षित गरी ‘सुपथ मूल्यका बिक्री कक्ष’ सञ्चालन हुने भएको छ ।

नेपाल खाद्य संस्थान, नेसनल टे«डिङ र साल्ट ट्रेडिङ लिमिटेडले संयुक्त रुपमा बिक्री कक्ष सञ्चालन गर्न लागिएको खाद्य संस्थानका प्रवक्ता पवनकुमार कार्कीले जानकारी गराउनुभयो ।

उहाँका अनुसार उपत्यकाका थापाथली, सिंहदरबार, रामशाहपथ, बल्खु, टेकु, कोटेश्वर, नारायणथान, जोरपाटी, भक्तपुर, जावलाखेल र नख्खुमा पनि बिक्री कक्ष राखिने भएको हो ।
भोलिदेखि सुरु हुने बिक्री कक्ष छठ पर्व (कात्तिक २१ गते)सम्म सञ्चालन हुने छ ।

ती कक्षमा खाद्य संस्थानका चामल १२ हजार ६०० क्विन्टल, गहुँ ५०० क्विन्टल, सिमी २०० क्विन्टल र फापर २०० क्विन्टल बिक्रीका लागि राखिने र प्रत्येक सामानमा प्रतिकेजी रु पाँच छुट दिइने प्रवक्ता कार्कीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया