शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

रोल्पा – कसैलाई थाहै नदिएर डा. गोविन्द केसी रोल्पा आएर बिरामीको उपचार गर्नुभएको छ । 1473914764311_ukc-rolpa_160915_checking

झोलामा औषधि बोकेर सार्वजनिक बसमा आएका डा केसीले बुधवार बिहानदेखि सुलिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर बिरामीको उपचार थाल्नुभएको हो । प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज डा मिलन बज्राचार्यका अनुसार डा केसी बिहान १०ः३० बजे सुलिचौर पुग्नुभएको थिए । स्वास्थ्य केन्द्र पुग्नुभन्दा दुई घन्टाअघि मात्र डा केसीले इन्चार्जलाई जानकारी दिनुभयो । मङ्गलवार बिहान काठमाडौँबाट हिँडेका उनी बेलुका सदरमुकाम लिवाङ आइपुग्नुभएको हो ।

सहयोगीबिना एक्लै आएका उनी बुधवार बिहानै सार्वजनिक बसबाट सुलिचौर हिड्नुभएको थियो । प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार डा केसीले बुधवार पहिलो दिनमै ६० भन्दा बढी बिरामीको उपचार गरेका छन् । सरकारलाई असोज २ गतेसम्मको अल्टिमेटम दिएका डा केसी सुलिचौर आएको थाहा पाएपछि बजार क्षेत्रका बिरामी उपचारमा जानुभएको हो ।

असोज ३ गतेको अनसनका लागि यहाँबाट आफू बिहीबार बेलुका नै काठमाडौँ फर्कने बताउनुभयो ।

तपाईको प्रतिक्रिया