बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

काठमाडौँ – डा. गोबिन्द केसी ग्रामीण भेगका जनताको स्वास्थ्य उपचार गर्ने रोल्पा पुग्नुभएको छ ।

केहि औषधि झोलामा बोकेर मंगलबार राजधानीबाट हिँड्नुभएका केसीले बुधबार र बिहीबार रोल्पाको सुलिचौरमा शिविर चलाउने बताईएको छ । बुधबार बिहानै उहाँ बस चढेर शिविर चलाउन सुलिचौर प्रस्थान गर्नुभएको छ ।  डा. केसीले रोल्पाका संघ संस्था र जिल्ला अस्पतालको सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

चिकित्सा क्षेत्रको विकृतिविरुद्ध लामो समयदेखि संघर्षरत चिकित्सक डा. केसीले आफ्ना मागप्रति सरकारले बेवास्ता गरे असोज ३ गतेबाट फेरि अनसन बस्ने घोषणा गर्दै आउनुभएको थियो ।

तपाईको प्रतिक्रिया