बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौँ – चर्चित हास्यकलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलाको टोलीले निर्माण गरेको नेपाली चलचित्र ‘छक्कापन्जा’ आजबाट देशभर प्रदर्शनमा आएको छ ।

सफल हास्य टेलिशृङ्खला ‘तितो सत्य’ का निर्देशक गिरीले अहिलेसम्मको दर्शकको उत्साह हेर्दा चलचित्र सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार चलचित्रले वैदेशिक रोजगारीको मार्मिक कथालाई हास्यरससहित सामान्य नेपालीले बुझ्ने गरी प्रस्तुत गरेको छ । यसको ‘पूर्वपश्चिम रेल’ बोलको गीत चलचित्र प्रदर्शनअघि नै बहुचर्चित बनिसकेको छ ।chhakka-panja-nepali-movi

चलचित्र गिरी, निरौला र निर्मल शर्मा सहितको हास्यकलाकारको टोलीले निर्माण गरेको हो । चलचित्रमा गिरी, प्रियङ्का कार्की, जितु नेपाल, नम्रता सापकोटा, शिवहरि पौडेल, केदार घिमिरे, बुद्धि तामाङ, वर्षा राउत, करुणा कार्की आदि कलाकारले अभिनय गरेका छन् । यसअघि सोही टोलीले बनाएका चलचित्र ‘छ एकान छ’ र ‘वडा नम्बर छ’ले सफलता पाइसकेकाले यो पनि सफल हुने अनुमान गरिएको छ ।

चलचित्रमा कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व, पुरुषोत्तम प्रधानको छायाङ्कन, विपीन मल्लको सम्पादन तथा दीपक शर्मा र राजनराज शिवाकोटीको संगीत छ ।

तपाईको प्रतिक्रिया