शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौँ – आज भाद्र शुक्ल तृतीया अर्थात् नारीहरूको महान् चाड हरितालिका तिज । हिन्दु नारीहरूले देवादिदेव महादेवको पूजा आराधना गरी धुमभामका साथ मनाइरहेका छन् ।

आजको दिन ब्रत बसेमा बिबाहित महिलाको पतिको लामो आयु तथा स्वस्थ्य र दीर्घायु हुने र अबिबाहितहरु ब्रत बसेमा शिवजी जस्तै वर पाइने विश्वास गरिन्छ । पछिल्ला तिजहरुमा धेरै भड्किलो पन र विकृति आइरहेका छन् । पहिलाका तिजमा घरमा आमा छोरी, दिदी बहिनी एक ठाउँ भेला भएर दर खाएर चेलीका यथार्थ ब्यस्था पोखेर गीत गाईन्थ्यो भने आजभोली पार्टी प्यालेसहरुमा तिज कार्यक्रम आयोजना गरेर भड्किलो तरिकाले मनाउन थालिएको छ । अझ पछिल्लो समय तिजका गीतमा आएका विकृतिले त झन् भोलीका दिनमा तिजको महत्त्व नै हराउने हो की भन्ने भान समेत पर्न थालेको छ । Haridevi 1

पछिल्ला तिजहरुमा यसरी बढेको बिकृतीप्रती पुराना र नयाँ तिजलाई नजिकबाट निहाल्नुभएकी गायिका हरिदेबी कोइराला पनि सन्तुष्ट देखिनुहुन्न । पहिलाको तुलनामा पछिल्ला दिनहरूमा झन्–झन् विकृति बढ्दै गएको उहाँको ठहर छ । आफूले पहिले र अहिलेका तिजमा धेरै भिन्नता पाएको भन्दै कोइराला भन्नुहुन्छ,‘म एक गायिकाको आखाँबाट हेर्दा तिज पहिला भन्दा धेरै भड्किलो बन्दै गइरहेको छ, पहिला तिज भन्ने बित्तिकै गाउँघरमा दुख सुखका आफूले पाएका बेदनाहरु पोखेर परिवारमा बसेर मनाईन्थ्यो भने, अहिले खाली पार्टी प्यालेसमा महिनौदेखि दर खाएर त्यस्तै किसिमका भड्किला गीतहरू गाएर मनाउन थालिएको छ।’ तिजका टिपिकल भाका र यथार्थ चेलीका वेदना प्रस्तुत गरेर प्रत्येक वर्ष तिज गीत गाउँदै आउनुभएकी कोइराला पछिल्लो पटक बजारमा आएका तिजका गीतहरू भड्किला हुन थालेको बताउनुहुन्छ ।

विषयवस्तुमा फरक पन ल्याएपनि आफ्नो मौलिकता, संस्कृति र भेषभुषालाई बिर्सन नहुने उहाँको भनाइ छ । उहाँ थप्नुहुन्छ,‘तीज भनेको सामजिक महत्त्व र धार्मिक चाड हो त्यसैले यसको पनि आफ्नै महत्त्व छ, तसर्थ गीतहरू पनि माइतीघरको आगनमा छमछमी नाच्ने खालको हुनुपर्छ । समय, काल पस्थिीती फेरिएपनि समाजमा धार्मिक पाटोको छुट्टै आयाम छ ।’ समय परिवर्तनसँगै तिजका गीतका गीत पनि बदलिएका हुन कि भन्ने हाम्रो प्रश्नमा समय परिवर्तन भयो भन्दैमा मौलिकतापन र लय नै बिर्सन नहुने बताउहुन्छ । तीज नेपाली संस्कृतिको धरोहर पनि हो, वर्षभरि आफूले पाएका दुःख र वेदना पो गीतमा पोख्ने हो त, परिवार सँगै बसेर हेर्न र सुन्नै नमिल्ने खालका गीत होइन । यस विषयमा श्रोता र आम सञ्चारमाध्यमहरु पनि सचेत हुनुपर्ने उहाँको भनाइ छ । कुन गीतले के सन्देश दिन खोजेको छ भनेर श्रोता र मिडियाले पनि बुझ्नु जरुरी छ ।10498704_1485199341741651_5696265423900836586_o

उहाँले तिजका पछिल्ला गीतप्रति सङ्केत गर्दै भन्नुहुन्छ, ‘हरेक समयमा फरक फरक विषयवस्तुका गीतहरू ल्याइनुपर्छ अन्य ठ्ट्यौली र ब्यंग्यात्मक गीतहरू अन्य समयमा गाए हुन्छ तर यो भदौ महिना अर्थात् चिजको अवसरमा विशेष गरी नारीका पीडा व्यथा झल्किने खालका गीतहरुको सिर्जना गर्नुपर्छ ।’ गीत संगीहरु आजलाई मात्र नभई भोलीका नयाँ पुस्ताले पनि चिन्ने र मन पराउने खालका बनाउनुपर्छ । कोइरालाले तिजमा आफ्नो दक्षता हेरेर मात्र मनाउन सुझाव समेत दिनुहुन्छ, यो गहना प्रदर्शन गर्ने चाड होइन, आफूले जे सकिन्छ जस्तो सकिन्छ त्यसरी नै मनाउने हो । तपाईँले चाहिँ कसरी तिज मनाउनुहुन्छ भन्ने हाम्रो प्रश्नमा कोइराला भन्नुहुन्छ,‘ गायिका भएकाले पनि धेरै कार्यक्रमै ब्यस्थ हुन्छु, आज पनि तनहुँ र गोरखाका कार्यक्रममा जाँदै छु, मैले तिजलाई अलि फरक किसिमले मनाउने क्रममा हिजो एचआईभी संक्रमितहरुलाई दर खुवाए, समाजका अपहेलितहरुलाई तिजमा रमाइलो गराउँ भन्ने मेरो सोच हो ।’

म सामान्य किसिमले नै तिज मनाउछु । तीजमा ब्रत बस्ने सन्दर्भमा पनि उँहाको आफ्नै बिचार छ, आ–आफ्नो रुचि र खुसी अनुसार ब्रत बस्नु राम्रो भन्दै कोइरालाले आफू तिजमा ब्रत नबस्ने बताउनुभयो । ‘ब्रत बस्ने आफ्नो इच्छा यदि आफूलाई इच्छा छ र सक्छु भन्ने लाग्छ भने बसे पनि भो नत्र खाली अरूले ब्रत बसेको देखेकै भरमा मलाई केही भन्छन् कि भनेर जबरजस्ती बस्नु राम्रो होइन । अन्तयमा पक्कै पनि गायिका हरिदेबी कोइरालाले भनेझै तिजमा अझ विकृति बढ्दै जाने हो भने आगामी पुस्तालाई तिजको यथार्थ महत्वबारे पनि जानकारी नहुन सक्छ । (तीजका अवसरका गायिका कोइरालासँग समुद्रपारिकर्मी गोविन्द मरासिनीले गर्नुभएको कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया