शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौँ – काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी छिट्टै मनोनयन गर्ने बताउनुभएको छ । आकांक्षीहरूको व्यवस्थापन कठिनाइले देउवाले पदाधिकारी मनोनयनमा ढिलाइ गर्दै आउनुभएको थियो ।1472891098888_RoS_KTM_160903_IMG_0014

पार्टीको प्रभावकारी भूमिकामा रहनुपर्ने उपसभापति नहुँदा उहाँले आफू विदेश गएका बेलामा कार्यवाहक समेत दिन पाउनुभएन् । आजको कान्तिपुर दैनिकमा खबर छ । पार्टीको विधानअनुसार विदेश जाँदा उपसभापतिलाई कार्यवाहक दिने प्रावधान छ । उपसभापति पार्टीको राष्ट्रिय नीति तथा प्रशिक्षण विभागको प्रमुख समेत रहने व्यवस्था छ । ‘पार्टीका नेताहरूबीच सरसल्लाह गरी पदाधिकारी छिट्टै मनोनयन गर्छु,’ सिंगापुरमा स्वास्थ्य उपचार गराएर शनिवार फर्कनुभएका देउवाले विमानस्थलमा भन्नुभयो । यसअघि पनि उहाँले सरकारलाई पूर्णता दिएपछि पदाधिकारी मनोनयन गर्ने बताउँदै आउनुभएको थियो ।

विधानअनुसार सभापति देउवाले उपसभापति, महामन्त्री र सह–महामन्त्रीसहित २१ सदस्य मनोनयन गर्नुपर्नेछ । तीमध्ये मनोनयन भएका पदाधिकारी केन्द्रीय कार्यसमितिको निर्वाचित सदस्यबाट अनुमोदन हुनुपर्ने विधानको व्यवस्था छ । यही प्रावधानका कारण उहाँलाई आफ्नै समूहभित्र सन्तुलन मिलाउन कठिनाइ भएको हो । उपसभापतिमा पार्टीभित्र छुट्टै समूहको नेतृत्व गरेका नेता खुमबहादुर खडका र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको मुख्य दाबी छ ।

निधिलाई पार्टीका तर्फबाट सरकारको नेतृत्व गराएर पठाएका कारण खडकाले आफूलाई उपसभापति दिनुपर्ने दबाब दिँदै आउनुभएको छ । तर, निधि उपप्रधान तथा गृहमन्त्री पाए पनि आफू नै उपसभापति हुनुपर्ने अडानमा हुनुहुन्छ । एउटा मात्रै भूमिकामा बस्नुपर्ने तर्कको खण्डन गर्दै निधिले विगतमा पनि पदाधिकारीहरू नै सरकारमा जाने गरेको नजिर प्रस्तुत गर्ने गरेका छन् । आफूनिकट नेताहरू र सभापति देउवासँग समेत उनले यही अडान राख्दै आएका छन् ।

तपाईको प्रतिक्रिया