शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौँ – मोबाइल चलाउनेका लागि पनि छुट्टै सडक हुन्छ भनेर कतै सुन्नभएको छ ? पक्कै पनि छैन । अहिलेसम्म त गाडी गुड्ने सडक र मानिस हिड्ने लेनका बारेमा मात्र हामीलाई थाहा छ । 1410717265818_wps_2_Some_places_have_lanes_fo

तर हामी यँहा यस्तो विषयमा कुरा गर्दै छौ जुन कुरा तपाईँलाई अत्यन्तै अनौठो र पत्याउन पनि कठिन लाग्न सक्छ । के तपाईँ पत्याउनुहन्छ ? हो हामी यँहा मोबाइल चलाउनका लागि बनाइएको छुट्टै सडकको कुरा गर्दै छौ । कहिलेकाही मोबाइल चलाउँदा चलाउँदै मानिस दुर्घटनामा पर्न सक्छ । यस्तो अवस्थामा बच्नको लागि चीनमा मोबाइल चलाउँनेहरुकै लागि सरकारले छुट्टै सडकको लेन बनाएको छ ।

सडकमा सवारीहरु फरक फरक लेनमा गुडिरहेका बेला दुर्घटनामा नपरोस भन्नका लागि सरकारले यस्तो तरिका अपनाएको हो । मोबाइल चलाउनेहरुलाई लक्षित गरी चीनको चोङक्वीङ सहरमा छुट्टै लेन बनाइएको छ । 1410717164538_Image_galleryImage_Some_places_have_lanes_fo

यो सँगै चीनले विश्वमै पहिलो पटक मोबाइल चलाउनेहरुलाई छुट्टै सडक बनाएर विश्वमा पहिलो रेकर्ड कायम गरेको डेली मेलले जनाएको छ ।

तपाईको प्रतिक्रिया