बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

वालिङ – एचआइभी संक्रमितको सुविधालाई मध्यनजर गर्दै स्याङ्जाको वालिङमा एआरभी वितरण केन्द्रको स्थापना गरिएको छ ।

जिल्ला सदरमुकाममा रहेको एआरभी केन्द्रबाट मात्रै दिइने सेवा प्रभावकारी नभएपछि वालिङमा पनि केन्द्रको स्थापना गरिएको हो । हाल जिल्लामा १८० जनाले एआरभी औषधि प्रयोग गर्दै आएका जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख डाक्टर भोजराज गौतमले बताउनुभयो ।

“जिल्लामा रहेको केन्द्रबाट मात्रै संक्रमितले सेवा प्राप्त गर्न कठिन भएकाले हामीले वालिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा पनि केन्द्र स्थापना गरेका हौँ’, जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख डा गौतमले भन्नुभयो । वालिङमा पायक पर्ने ८९ जनाले यो केन्द्रमार्फत निःशुल्क रूपमा औषधिको प्रयोग गर्न सक्नेछन् ।

वालिङमा एआरभी केन्द्र स्थापना भएपछि एचआइभी संक्रमितले सहजरुपमा सेवा पाउने विश्वास लिएका छन् ।

तपाईको प्रतिक्रिया