शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौँ – पूर्वराष्ट्रपति डा. रामवरण यादवले आफ्नो स्वास्थ्योपचारका लागि सरकारसँग तीन करोड रुपैयाँ माग गर्नुभएको छ ।  तर, सरकारले तत्काल ६० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।Rambharad yadhav

पूर्वराष्ट्रपति यादव चाँडै उपचारका लागि अमेरिका जाँदै हुनुहुन्छ । उँहा छोरीसहित तीन सहयोगीका साथ अमेरिका जान लाग्नुभएको हो । पूर्वराष्ट्रपति यादवले दिएको निवेदन प्रधानमन्त्री कार्यालयमा हराएको थियो। उपचारका लागि सरकारसँग रकम मागेको निवेदन हराएपछि उनको स्वकीय सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ताकेता गरेको आजको नयाँ पत्रिकामा दैनिकमा खबर छ।

त्यसैले उहाँको उपचारबारे मन्त्रिपरिषद् बैठकमा गम्भीर रूपमा छलफल हुन सकेको थिएन । उनको उपचारमा ६० लाख रुपैयाँ दिने सरकारी निर्णय भने अझै गोप्य राखिएको छ।

उक्त निर्णयमा मुख्यसचिव डा. सोमलाल सुवेदीले हस्ताक्षर गर्न बाँकी रहेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया