शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौँ – सरकारले राष्ट्रसंघीय शान्ति सेनामा नेपाली सेनाको संख्या दोब्बर पार्न तयार रहेको जानकारी राष्ट्रसंघलाई गराएको छ ।

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका उपमहासचिव अतुल खेरसँग सोमबार भएको भेटमा रक्षामन्त्री बालकृष्ण खाँडले राष्ट्रसंघीय शान्ति सेनामा नेपाली सेनाको संख्या बढाउन मात्र नभएर राष्ट्रसंघीय शान्ति सेनामा नेतृत्व लिन समेत तत्पर रहेको बताउनुभएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

‘राष्ट्रसंघीय शान्ति सेनामा नेतृत्व लिन नेपाली सेना सक्षम छ,’ खाणले भन्नुभयो । यसैबिच प्रधानमन्त्री प्रचण्डले पनि राष्ट्रसंघीय शान्ति सेनामा नेपालीहरूको संख्या बढाउनुपर्ने बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया