बुधबार, बैशाख ०५, २०८१
Wednesday, April 17, 2024

काठमाडौँ – २० जना बालबालिकालाई दिनभर स्याहारसुसार र कखरा सिकाउनेमा व्यस्त हुन्छिन् संखुवासभा खादबारीकी धनमाया बानियाँ । teacher

रुनेलाई फकाउने, सिंगान पुछिदिनेदेखि पेन्सिल समाउन सिकाउनेमात्र नभएर कखरा पढाउनेसम्मको अभिभारा उनको छ । संखुवासभाको खाँखीभुईं आछाम्बुस्थित धर्मदेवी आधारभूत विद्यालयमा तीन वर्षयता उनी यस्तै काममा कम्मर कसेर लागेकी छिन् ।

धनमानयाले जस्तै जिल्लाका दुई सय ६८ महिला शिक्षक दैनिक एक सय ६८ रुपैयाँमा दिनभर काम गर्दै आएका छन् । यस्तो महँगीको समयमा पनि दैनिक एक सय रुपैयाँमा दिनभर बालबालिकालाई पढाउनुपर्ने बाध्यता धनमायाजस्ता महिलाको पनि छ । जिल्ला शिक्षा कार्यालयले सूचना नै जारी गरी आहृवान गरेपछि निवेदन दिएर छनोट भएका हुन् उनीहरू, तीन हजार रुपैयामा ।

उक्त विज्ञापनमा पुरुषहरुको आवेदन परेन । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया