शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – सरकारले पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई थप ६० लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गरेको छ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवलाई क्यान्सर भएको छ । हालै भारतमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा यादवलाई प्रोस्टेट क्यान्सर देखिएको हो ।

Rastapati

थप उपचारका लागि उनी अमेरिका जाने तयारीमा छन् । उनको निजी सचिवालयका अनुसार यादवको सेम्टेम्बर तेस्रो हप्ता हेनरीफोर्ड सेन्टरमा उपचार हुनेछ । पूर्व राष्ट्रपति यादवको उपचारका लागि सरकारले थप ६० लाख रुपैयाँ दिने निर्णय गरेको छ । यो रकम पेश्की मात्र हो ।

र, यादवको सबै उपचार खर्च सरकारले नै व्यहोर्नेछ । चिकित्सकहरुका अनुसार यादवको उपचारमा ३ करोडभन्दा बढी खर्च लाग्नेछ । यसअघि भारतमा उपचार गराउन जाने क्रममा पनि सरकारले १० लाख रुपैयाँ दिएको थियो । यद्यपि नेहरु अस्पतालले निःशुल्क उपचार गरिदिएको थियो । उक्त अस्पतालको शिक्षण अस्पतालमा यादव आफैंले अध्ययन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया