शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौँ – विश्व स्काउट महिला सङ्गठनको १२औँ एसिया प्रशान्त क्षेत्रको क्षेत्रीय सम्मेलन आजदेखि काठमाडौँमा सुरु भयो । नेपाल स्काउटको आयोजनामा होटल याक एन्ड यतिमा पाँच दिनसम्म सञ्चालन हुने क्षेत्रीय सम्मेलनको एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभयो ।

sf7df8f}Fdf ePsf] ljZj :sfp6 dlxnf ;ªu7gsf] !@cf}F Pl;of k|zfGt If]qLo ;Dd]ngdf ;xefuL ljleGg d'n'ssf :sfp6df cfa4 dlxnf tyf k'?ifx? /fi6«klt ljBfb]jL e08f/L;Fu ;fd"lxs tl:a/ lvRb} . tl:a/ M /Tg >]i7, /f;; .

नेपालमा पहिलोपटक आयोजना भएको यो सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका २६ देशका २५० स्काउट प्रतिनिधिको सहभागिता रहेको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले नेपालमा स्काउटिङलाई जनमुखी बनाई विशेष गरी युवापुस्तालाई व्यावहारिक सीप र ज्ञान दिन सरकारको तर्फबाट विशेष भूमिका निर्वाह हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले स्काउटिङ क्रियाकलापमा महिलाको सहभागिता र उनीहरुको क्षमता अभिवृद्धिमा स्काउटिङ अभियान सफल होस् भनी शुभकामना व्यक्त पनि गर्नुभयो । राष्ट्रपति भण्डारीले नेपालमा स्काउटिङ सुरु भएको छ दशकको अवधिमा बालबालिका, युवा–युवती तथा किशोर–किशोरको सर्वाङ्गीण विकासका साथै राष्ट्रप्रति समर्पित कर्तव्यबोध नागरिक तयार पार्ने कार्यमा नेपाल स्काउटले शैक्षिक अभियानका माध्यमबाट खेलेको भूमिकाको सराहना गर्नुभयो ।

प्राकृतिक विपत्ति, विनाशकारी भूकम्पका बेला नेपाल तथा विश्व स्काउटले पु¥याएको सहयोगप्रति धन्यवाद दिँदै उहाँले देश अहिले पुनःनिर्माणको अभियान अगाडि बढेको सन्दर्भमा स्काउटको परोपकारी भूमिकालाई अरु व्यापक बनाउने कार्यमा सरकारका सम्बन्धित निकायले थप सहयोग र समन्वय गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

राष्ट्रपति भण्डारीले नेपाल स्काउटले नेपाली जनताको समृद्धिका लागि संविधानको भावना र मर्मअनुसार आफ्ना नीति तथा कार्यक्रमलाई जनमुखी बनाउन थप अग्रसर हुने विश्वास व्यक्त गर्नुभयो । युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले नेपालमा स्काउट्री क्रियाकलापले युवापुस्ताको क्षमता अभिवृद्धि र सामाजिक सेवामा पु¥याएको योगदानको सराहना गर्दै स्काउट सेवालाई विद्यालय तहमै पाठ्यक्रममा समावेस गरिने बताउनुभयो ।

स्काउट एसिया प्रशान्त क्षेत्रीय प्रमुख लोली जाङले एकतामा विविधतासँगै नेतृत्व विकास र क्षमता अभिवद्धिमा विश्व स्काउटका करिब ३५ लाख स्वयम्सेवकले सेवा दिइरहेको उल्लेख गर्नुभयो । नेपाल स्काउटका प्रमुख आयुक्त रवीन दाहालले युवापुस्तालाई क्षमतावान् र कर्तव्यशील नागरिक बनाउन स्काउटिङ गतिविधिले सहयोग पुगेको बताउनुभयो ।

नेपाल स्काउटका राष्ट्रिय सचिव लोकबहादुर भण्डारीका अनुसार हरेक तीन वर्षमा यस्तो सम्मेलन आयोजना हुने गरेको छ । सम्मेलनमा महिला नेतृत्व तथा क्षमता विकास, विपद् व्यवस्थापनका साथै महिला सशक्तीकरणसम्बन्धी कार्यशाला सञ्चालन हुनेछन् । ‘विश्वलाई नै जोड्नु, उत्पादन र प्रभाव पार्नु’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनको प्रतीक चिह्न ‘हाम्रो डाँफे’ राखिएको छ । सम्मेलनले स्काउटको अध्यक्षसहित चार सदस्यीय एसिया प्रशान्त क्षेत्रीय कार्यसमितिको पनि निर्वाचन गर्ने सचिव भण्डारीले जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया