शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं  – प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त राष्ट्र संघीय आवासीय संयोजक तथा युएनडिपीका आवासीय प्रतिनिधि भलेरिया जुलिएण्डबीच भेटबार्ता भएको छ ।

PM-UN-meet

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको भेटमा जुलिएण्डले प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै कार्याकाल सफलताको शुभकामना दिनुभयो ।

भेटमा जुलिएण्डले समसामयिक राजनीति र सरकारका योजनाबारे चासो राख्नुभएको थियो ।जवाफमा प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

प्रधानमन्त्रीले संविधानको कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पको पूनर्निर्माण र नवनिर्माण, सुशासन र राहत, ठूला प्रोजेक्टहरुको सञ्चालन र समृद्धिको जग बसाल्न नयाँ सरकार क्रियाशील भएको जुलिएण्डलाई जानकारी दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया