बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौ – काठमाडौमा जारी बी डिभिजन लिग फुटबलमा आज तीन खेल हुने भएका छन् । पहिलो खेलमा नयाँबस्ती युवा क्लबले श्री कुमारी क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।

खेल शसस्त्र प्रहरीको मैदान हलचोकमा दिउँसो साढे १ बजेबाट सुरु हुने छ । सोही मैदानमा दिउँसो साढे ३ बजे हुने अर्को खेलमा सातदोवाटो युवा क्लबले च्यासल युवा क्लबसँग खेल्ने छ ।  सोही समयमा एन्फा कम्प्लेक्स सातदोवाटोमा महाविर क्लब र टुसाल युवा क्लबीचको खेल हुने छ ।

जारी लिगमा ७ अंक जोडेको न्युरो टिम एनआटी शिर्ष स्थानमा रहदाँ समान अंक भएको रानीपोखरी कर्नर टिम आरसिटी दोस्रो स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया