शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

Nepali-Janasamparka-Samiti-Japanटोकियो – नेपाली जनसम्पर्क समितिको विवादित निर्बाचनका सम्बन्धमा दुई बेग्ला बेग्लै धारमा बिभिाजित प्यानल मध्य निर्बाचनमा भाग लिएको डिपी कँडेल पक्षले निर्वाचन मतगणनाको नतिजा घोषणा गरेको छ भने निर्बाचन बहिष्कार गरेको रोशन केसी पक्षले भने पार्टी निर्देशनको अवज्ञा गर्दै भएको निर्बाचन र त्यसको परिणामको कुनै औचित्य नभएको बताएको छ ।

९ निर्बाचन क्षेत्र मध्य ५ ठाउँमा भएको निर्बाचनमा नागोयाको मतपेटिका बहिष्कार पक्षले कब्जा गरेपछि बाँकी रहेका ४ मतदान केन्द्रमा भएको निर्बाचनको आइतवार मतगणना भएको कँडेल पक्षले जनाएको छ । निर्बाचन समितिका संयोजक महेशकुमार श्रेष्ठले राजीनामा दिए पनि स्वीकृत नभएको र निर्बाचन समितिका सदस्य मुक्तिराम खनालको उपस्थिति र महाधिबेशन प्रतीनिधीहरु सुबास लोहनी, पासाङ शेर्पा, पूर्व महाधिबेशन प्रतिनिधि तथा काउन्सिल सदस्य कपिलदेब थापा लगायतका अग्रज ब्यक्तिहरुको रोहबरमा गरिएको मतगणनाको मतपरिणाम अनुसार नेपाली जनसम्पर्क समितिको अध्यक्षमा डिपी कँडेल र महामन्त्री, कोषाध्यक्ष र सदस्यहरु पुरै आफ्नै प्यानलको बिजयी भएको घोषणा गरिएको छ ।
बिजयी हुनेहरुलाई आगामी महिना नेका वरिष्ठ नेता रामचन्द्र पौडेलको हातबाट प्रमाणपत्र हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको कँडेल पक्षले जनाएको छ ।

उता निर्बाचन बहिष्कार गरेको केसी पक्षले भने एक बिज्ञप्ती जारी गर्दै निर्वाचन परिणामलाई तथाकथित भनेको छ ।अधिवेशन स्थगन गर्न पार्टीको निर्देशन भएपछि निर्वाचन समितिका संयोजक महेश श्रेष्ठद्वारा सम्पूर्ण निर्वाचन सम्बन्धि सबै प्रक्रिया स्वत निष्क्रिय हुने भन्दै राजीनामा समेत दिईसकेको अवस्थामा ९ निर्वाचन क्षेत्र मध्य ४ स्थानमा मात्र निर्वाचन भएको भनि एकलौटी र फर्जी बिबरण सहितको तथाकथित नतिजा घोषणा गरेर नाटक मञ्चन गरिएको आरोप लगाएको छ । बिज्ञप्तीमा नेपाली जनसम्पर्क समिति र नेपाली कांग्रेसको बिधान, नीति, सिध्दान्त र सम्पूर्ण बिधि पध्दतिको बर्खिलाप गरि केन्द्रको निर्देशन अबज्ञा गरेको भन्दै खेद ब्यक्त गरिएको छ । पार्टी संगठनलाई बदनाम गर्ने व्यक्तिहरुलाई बिधान बमोजिम तत्काल कार्बाही गरिने बताईएको छ ।


दुबै पक्षद्वारा सार्बजनिक गरिएको आ आफ्ना दाबी सहितका बिज्ञप्ती जस्ताको तस्तै :

Press-Release

 

तपाईको प्रतिक्रिया