शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

atul kher

काठमाडौं – संयूक्त राष्ट्र संघका सहायक महासचिव अतुल खेर तीनदिने नेपाल भ्रमणका लागि आइतबार राति काठमाडौं आइपुगेका छन्।
राष्ट्र संघको शान्ति सेना हेर्ने प्रमुखका रुपमा रहेका खेर नेपालले विश्वमा उपलब्ध गराएको शान्ति सेनाको बारेमा जानकारी लिन नेपाल आएको बताइएको छ ।
तीन दिने नेपाल बसाइका क्रममा सहायक महासचिव खेरले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, प्रधानसेनापति, नेपाल प्रहरीका आईजीपी र सशस्त्रका आईजीपीलगायत सरकारी उच्च अधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
द्वन्द्वग्रस्त मुलुकमा शान्ति सैनिकका रुपमा नेपाली सेना छैटौं स्थानमा रहेर विभिन्न मुलुकमा आफ्नो उपस्थिति जनाउँदै आएको छ। नेपाल समाचारपत्रमा समाचार छ ।

तपाईको प्रतिक्रिया