शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

पाल्पा – नयाँ संविधान जारी भएपछि केन्द्रीय राज्यसत्ता सबै समुदायको साझा हुनुपर्ने माग गरिएको छ ।

सङ्घीय समाजवादी फोरम नेपाल, पाल्पाले आज तानसेनमा आयोजना गरेको ‘संविधान संशोधनमा सरोकारवालाको सवाल’ विषयको अन्तक्र्रियामा केन्द्रीय सरकार अब सबै समुदायको प्रतिनिधित्वसहित साझा र प्रदेशमा स्वायत्त राज्य हुनुपर्नेमा जोड दिइयो ।

कार्यक्रममा फोरमका केन्द्रीय सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जनआन्दोलनपछि गिरिजाप्रसाद कोइरालादेखि अहिलेसम्म नौ जना प्रधानमन्त्री भए पनि सबै प्रधानमन्त्री एकल जातीय भएको बताउनुभयो ।

संविधानमा बहुजाति, बहुभाषी लेखिए पनि सरकारमा प्रतिनिधित्व गर्ने एकल जातीय भएकाले अब संविधान बमोजिम नै अघि बढ्नुपर्ने बताउँदै पहिचानसहितको सङ्घीयता एकल जातिको पहिचान नभई त्यस क्षेत्रभित्र बस्ने सबै जातजातिको पहिचान झल्कने गरी पहिचान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा फोरम ५ नं प्रदेश इन्चार्ज नवीनकुमार सुनार, फोरमका जिल्ला संयोजक केशव गाहा, रामु यादव, निल यादव, जनजाति नेता एसकुमार गंरजा, केहरसिंह राना गमबहादुर थापा, पार्वती गौतम लगायतले दलित, महिला, आदिवासी जनजातिका अधिकार सुनिश्चित गर्नका लागि संविधान संशोधन गर्न आवश्यक रहेको औँल्याउनुभयो ।

तपाईको प्रतिक्रिया