बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

अर्घाखाँची  – अर्घाखाँचीको हंसपुरमा जीप दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान जानेको सनाखत हुन सकेको छैन ।

अर्घाखाँचीको सन्धिखर्कबाट प्युठानको बाँदीकोटतर्फ जाँदै गरेको ग १ ज ४८७८ नम्बरको जीप हंसपुर गाविस–५ को रतनमारेमा दुर्घटना भएको थियो । जीप सडकभन्दा तल खसेको प्रहरीले जनाएको छ । घाइतेलाई जिल्ला अस्पताल अर्घाखाँची लगिएको छ । जीपमा १५ जना सवारी गर्दै थिए ।

तपाईको प्रतिक्रिया