शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

Prem Shahiजापानको हिरोसीमा र नागासाकी सहरमा अमेरिकाले आणविक बम खसाएको सात दशक पुगिसकेको छ । सन् १९४५ अगस्त ६ को विहान सवा ८ वजे इनोला गे’ नामक अमेरिकी बम वर्ष विमानले हिरोसीमानामा पहिलो आणविक बम खसालेको थियो । त्यसवेला संसारमा कहिल्यै नभएको मानिसहरुको एउटै चिहान भएको थियो । अमेरिकालाई लाग्यो हजारौंको संख्यामा जापानी नागरिकहरुको मृत्यु भईसक्दा जापान झुकेन । त्यसपछि पनि जापानी सैनिकले अमेरिकी सैनिकसँग घुंडा नटेकी झन निडर भएर युद्धको रणमैदानमा होमियो ।
अमेरिकाले ३ दिन पछि अर्को सहर नागासाकीमा दोस्रो आणविक वम खसाल्यो । बम विस्फोटको कारणले २ लाख ४६ हजार नागरिहरुले प्रत्यक्ष ज्यान गुमाए थिए, भने ३६ हजार घाईते भएका थिए । दुईवटै सहरमा खसालिएको बमले सहरमा आगोको मुस्लो उठ्न उठ्यो । विकिरणको मारमा साढे दुई किलोमिटर क्षेत्रका भवनहरु परे । जमिनको तापक्रम नै ४ हजार डिग्री सेन्टिग्रेट पुगेको थियो । मानिस, जीवजन्तु, वनस्पति त जल्ने नै भए धातु पनि पल्गिएको थियो । मानवमाथि घातक आक्रमण गरिएको अहिलेसम्मको विश्वको पहिलो घटना हो । सन १९४५ अप्रिल १२ सँगै अमेरिकी राष्ट्रपतीको पद ग्रहण सम्हाल्न पुगेका हृयारी ट्युम्यानले विश्व परिवर्तन गर्ने एउटा क्रुर निर्णय थियो । राष्ट्रपतिको शपथ लिएको केही समयमै युद्धमन्त्री हेन्री स्टिम्सल आणविक बमको परियोजना सफल भएको रहस्यमय खवर सार्वजनिक गरेका थिए । त्यसको केही दिनपछि इतिहासकारको भनाईमा स्टिम्सनले परियोजनावारे विस्तृत विवरण सवै जानकारी गाएका थिए । विश्व जगतमा अमेरिका आफुलाई अब्बल बनाउन चाहान्थ्यो । फलस्वरुप नोभेम्बरमा जापानमाथि आक्रमण गर्ने योजना बाहिर आयो, तर अमेरिका जापानी भूमिमा आक्रमणको जोखिम उठाउन चाहदैन थियो । किन भने अमेरिका भन्ने गर्दथ्यो, विनाशर्त जापान लगायत युद्धमा होमिएका सवै देशले आफुसँग आत्मसमर्पण गर्नुपर्दछ भन्ने घमण्ड थियो ।

त्यही साम्राज्यवादी अमेरिकाको घमण्डका कारण जापानीहरु अमेरिकाको शरणमा जान चाहेनन् । जस्तो सुरकै परिस्थितिमा पनि जापानी सैनिक अमेरिकी सैनिकसँग युद्ध गर्ने अठोट लिएका थिए । त्यपछि अमेरिकाले आफुले सञ्चालनमा ल्याएको (न्यूक्लियर बम) जापानको मानव वस्तिमा प्रयोग गर्‍यो । राष्ट्रध्यक्षको पद समालेको चार महिनामै हृयारी टेयुम्यानले आत्म निर्णयलाई ब्यवहारमा लागु गर्न पुगे । यो आत्म निर्णय आफ्नी बहिनी म्यारीलाई लेखेका छन । ‘२ लाख ५० हजार अमेरिकी सैनिक जापानी सैनिकसँग युद्ध गर्नको लागि तैनाथ राख्नु ।’ सोहि समयमा युद्धलाई ब्यवस्थित बनाउने र वेलायतसँगको वार्तालाई छिटै टुंगाउने निर्णय पनि भएको थियो । युद्धमा होमिएका केही देशहरु अमेरिकासँग आत्मसमर्पण गरेका थिए । जापानले वेलायतसँग गरेको गठबन्धनसँग अमेरिकालाई सैह्य थिएन । त्यसैको अनुरुप आणविक बम खसाल्यो । अमेरिकाले दुई पटक खसालेको आणविक बमबाट जापानमा ठूलो भौतिक तथा मानवलाई ठुलो क्षति पुगेको भन्दै सन १९४५ अगस्त १५ मा हार स्वीकार गर्‍यो । त्यसपछि अमेरिकी सैनिक जापानको भूमिमा औपचारिक अवतरण गरि आफ्ना अधिपत्व जमायो । अमेरिका र जापानवीच सोही समयमा केही सम्झौता भयो र विश्वयुद्धको अन्त्य भएको घोषणा गरियो । न्युओर्लिनस स्थित राष्ट्रिय दोस्रो विश्वयुद्ध संग्रहलयका अनुसार उक्त समयमा विश्वमा १ करोड ५० लाख सैनिक र ४ करोड ५० लाख सर्बसाधारण मारिएको तथ्य उल्लेख छ । अहिले इतिहासमा एउटा निश्चित समय पारेर उही घटना, उही कथा दोहोर्‍याउनु केही कुरा किन छ, भने अमेरिकाबाट सुरु भएको आणविक बम र अहिले उत्तर कोरियाले बनाएको ब्लाष्ट्रिक मिसाएनले विश्व जगत चिन्तामा छ । कतिपयको के तर्क छ भने अमेरिकाले बम नखसालिएको भए पनि जापानले अरु कुनै तरिकाले आत्मर्समर्पण गर्ने थियो । ब्यर्थैमा ट्युम्यानको एकल आत्मनिर्णयले धेरैको ज्यान गुमाउन पुगेको भनेर अहिलेसम्म पनि विश्वमा ब्यापक आलोचना भईरहेको छ । विश्वका धेरै भागमा जापानमा अमेरिकाले गरेको आक्रमलाई एक क्रुर अत्याचारका रुपमा लिइन्छ । विश्व युद्धमा जापानी सेनाले ज्यादती गरेको आरोप दक्षिण कोरिया, चीन, फिलिपिस्न लगायत आएका छन ।

तर सन् १९९५ मा तत्कालिन जापानी प्रधानमन्त्री तोमिची मुरायामाले औपचारिक रुपमा जापानले औपनिवेशिक शासन र आक्रमकताका लागि ऐतिहासिक माफी मागिसकेका कारण नयाँ पुस्ताले सधै माफी माग्दै हिड्नु पर्ने नरहेको बताउँदैं आएको छ । जापानी सैनिकको कारणले उक्त घटना नभई साम्राज्यवादी शासकका कारणले भएको हो भन्ने गरेको छ । उक्त युद्धका दौरान आफ्ना तर्फबाट भएका सवै कुकृत्य नस्वीकारेको दक्षिण कोरिया र चीनले जापानको आलोचना अहिले पनि गरिरहेका छन । दक्षिण कोरियाले अहिलेपनि जापानी सम्राटसँग धेरै कुरा भन्न बाँकी रहेको बताउँदैं आएका छन । चीनले अहिले पीडित देशसँग जापानले गम्भीरतापूर्वक माफी माग्नुपर्ने भन्दै आएको छ । जापानी सैन्यवादको युद्ध आक्रमकताले भएको ज्यादतीबाट चीनका जनता र अन्य देशले भोगको बर्बरता बयान गरिसाध्यै छैन ।’ हुआद्धारा केही वर्षअघि प्रकाशित एक विज्ञप्तिमा उल्लेख गरिएको छ । संयुक्त राष्ट्रसंले विश्वयुद्धमा भएको अमानविय ज्यादतीबारे सरोकारवाला देशहरुवीच मेलमिलाप गरी अघि बढ्नुपर्ने बताउँदैं आएको छ । उक्त अमानवीय प्रकृतिको दर्दनाक नरसंहारको अमेरिकाले आजसम्म माफि मागेको छैन । ४ हजार किलो ग्राम तौल ३ मिटर लम्बाई रहेको उक्त बमको विध्वंषक क्षमता १३ देखि १८ टनसम्म रहेको जानकारहरु बताउँछन । विध्वंषक बम विस्फोट भएको स्थानमा हरियो दुबोसमेत उम्रन सकेको छैन ।

लेखक ‘दैलेखपत्र’ राष्ट्रिय दैनिकका प्रकाशक हुन ।
newsdailekh@gmail.

 

तपाईको प्रतिक्रिया