काठमाडौं – परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले छिमेकी मुलुकसँगको सम्बन्धलाई कूटनीतिक आधारमा अघि बढाइने बताउनुभएको छ । शनिबार राजधानीमा आयोजित साक्षातकारमा मन्त्री महतले छिमेकी मुलुकहरुसँग विश्वासको वातावरण बनाएर आफ्नो राष्ट्रिय हितको संरक्षण गर्दै सम्बन्ध अघि बढाइने बताउनुभयो ।
मन्त्री डा. महतले परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपालीको हितलाई प्राथमिकता दिने बताउनुभयो । उहाँले नेपाली कामदारको संख्या बढी भएका मुलुकमा रहेका नेपाली दूतावासलाई सशक्त बनाइने पनि बताउनुभयो ।
तथापि कतिपय मुलुकहरुमा अझै खाली रहेका राजदूतहरुको नियुक्ति बारे भने मन्त्री डा. महतले केही बताउनु भएन ।