मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

3-thapaयो साताको उत्तरार्धतिर सामाजिक सञ्जालमा तीन थापा निकै चर्चामा रहे । साताको पूवार्द्धमा भने जापानबाट अमेरिका पुगेका एनआरएनहरुको घुमफिरका सेल्फीले सामाजिक सञ्जालमा राम्रै स्थान पाए । घुमफिरमा जानेहरुले सेल्फी मात्रै पोष्ट गर्नुभन्दा आफु पुगेका स्थानका बारेमा थोरै भए पनि जानकारी शियर गरे बरु सबैलाई काम लाग्दो हो ।

तर यहाँ चर्चा गर्न खोजिएको थापा त्रयको हो । थापा नम्बर एकमा नरबहादुर थापा, जो एनआरएन जापानको अध्यक्षमा गत वर्ष सुदन थापासंग चुनाव हारेका ब्यक्ति हुन् । उनलाई गल्कोट समाजको यहि साता भएको चौथो अधिवेशनले सर्बसम्मतNar Bdr अध्यक्ष चुनेको छ । सामाजिक सञ्जालभरि उनलाई बधाईको ओइरो छ । जापानमा गल्कोट समाज आफैमा एक स्थापित संस्था मानिन्छ । यसै पनि जापानमा गल्कोटेहरुको बाहुल्यता छ, तर ढिलैभए पनि गल्कोटेहरुले थापालाई अगुवा चुनेका छन् । नरम र मिलनसार स्वभावका थापा एक अनुभवी र खारिएका समाजसेवी हुन्, उनी हतपती अरुलाई पिराउँदैनन् र रिसाउँदैनन् पनि । तर उनलाई निर्णय क्षमतामा सहयोग गर्न राम्रो सल्लाह दिने अभिभावकको खाँचो छ । अघिल्ला अध्यक्ष हर्क थापाको कार्यकालमा गल्कोटमा देखिनेगरी केही राम्रा कामहरु भएका छन् । लगत्तै जिम्मेवारी सम्हाल्न आइपुगेकाले अर्का थापालाई त्यो भन्दा बढि काम गरेर देखाउनुपर्ने चुनौती छ, नत्र काम गर्न नसकेको आरोप लागेर ओझेलमा परिने डर छ उनलाई । नेतृत्वमा बस्नेले भिजन र योजना ल्याउने हो, काम भने टिमवर्कमा गर्ने हो । गल्कोटे पायनियरहरु ब्याकअप फोर्सका रुपमा तैनाथ छन् । टिमको सेटिङ हेर्दा आशालाग्दो देखिए पनि काम भने हेर्न बाँकी छ । गल्कोटबासीहरुको बाहुल्यता अनुसारको असल कार्यसम्पादनले जापानमा गल्कोट समाज अणुकरणीय संस्था बन्न सक्नुपर्दछ । समय र भरोसाले सुम्पेको यो जिम्मेवारी अहिले नरबहादुर थापाको पोल्टामा परेको छ ।

Anujयो साता चर्चामा आएका अर्का थापा हुन् एनआरएन जापानका महासचिव अनुज थापा । मृदुभाषी थापाले जापानका लागि अवैतनिक पर्यटन दूतको जिम्मेवारी पाएलगत्तै फेसबुकभरि बधाईको ओइरो लागेका छन् । केही अनलाईनहरुले बधाई-चढाई गरेर समाचार कभर पनि गरेका छन् । अस्वभाविक बिशेषण भरेर बधाई-चढाईको समाचार कभरेजबाट फुरुक्क पर्नुपर्ने केही कारण छैन, यसले आफैलाई नोक्सान गर्दछ । पर्यटन क्षेत्रमा लामो अनुभव र बिषयगत अध्ययन पनि हासिल गरेको आधारमा उनले पर्यटन दूतको जिम्मेवारी पाउनु आफैमा राम्रो कुरा हो । बधाईको ओइरोसंगै काम गरेर देखाउनुपर्ने उनको सामु टड्कारो चुनौती छ । त्यसअघि इस्यूमा रहेर कार्यसूचीको खाका र नेपाली समुदायसंग समन्वय एवं सहकार्य हुनु जरुरी छ । हामी बधाई दिन जति हतारिन्छौं राम्रो काम गरेर देखाउनू है भनेर सुझाव दिन भने कञ्जुस्यांई गर्छौ, शायद आइडियाको खडेरीका कारण पनि हुन सक्छ । एनआरएनको महासचिवमा निर्बाचित भएलगत्तै लामो समयसम्म नेपाल गएर बसेको, आफ्नो पदीय जिम्मेवारीप्रति उदासिन बनेको आरोप खेपेका थापाले ती आरोपहरुलाई ठाउँको ठाउँ गलत साबित गर्न पनि एनआरएनकै वस्तुगत एजेण्डाको वरिपरि केन्द्रित रहेर केही काम गरेर देखाउनुपर्ने चुनौती उनीसामु बाँकी नै छ भने फरक फरक पृष्ठभूमिका मिश्रित ब्यक्तिहरु मिलेर बनेको अहिलेको कार्यसमितिलाई मिलाएर लैजानुपर्ने जिम्मेवारी पनि महासचिवका हैसियतले उनीमाथि नै छ । निर्बाचनका बेला आफुले जनाएका प्रतिबद्धतालाई मतदाताले पल्टाएर हेर्ने बेला आईसकेको छ । अब बाँकी रहेको एक वर्षको कार्यकालभित्र दिन र हप्ता गनेर कार्यसूची अनुरुप अहोरात्र खटेर काम गर्नुपर्ने नैतिक दबाब उनीमाथि छ । एनआरएन अभियानमा जुन आशा र भरोसाका साथ उनलाई महासचिवमा ल्याए, अपेक्षाअनुसार काम गर्न नसकेमा उनीमाथि बिश्वासको संकट उत्पन्न हुने खतरा पनि छ । यी सबै तथ्यगत परिस्थितिबारे जानकार कुल स्वभावका थापा अब कसरी आफ्नो पाइला अगाडि चाल्छन् त्यो भने हेर्न बाँकी छ ।

यो साता चर्चाका शिखरमा रहेका अर्का थापा हुन् गगन थापा । उनी युवा पुस्ताका सिंगो ढुकढुकी हुन । यस प्रसंगमा उनलाई जोडेर उनको कद होच्याउन खोजेको हैन, उनीप्रतिको भरोसा नटुटोस भन्ने धेरैको चाहना सर्बत्र ब्यक्त गरिएका छन । प्रचण्डGagan Thapa नेतृत्वको सरकारमा नेपाली काँग्रेसले उनलाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिएको छ । युवा पुस्ताको प्रतिनिधित्व गर्दै सरकारमा उक्लेका थापा हिजो पदीय जिम्मेवारीमा नहुँदा टिसर्ट लगाएर जोशिलो भाषण छाँटेजस्तो जिम्मेवारीसहितको लबेदा सुरुवालमा उनलाई पक्कै सजिलो हुने छैन । नेपालको सबैभन्दा अस्तब्यस्त र भ्रष्टाचार मौलाएको स्वास्थ्य क्षेत्रको ब्यवस्थापन र बैज्ञानिक सुधार गर्न सकेनन् भने गगनको लोकप्रियता खस्केर जाने ठूलो खतरा छ । नेपाली जनताले आशा र भरोसाको आँखाले हेरिएको एक युवा नेताबाट आशातित कामहरु हुन सकेनन् भने यिनी पनि उही ड्याङका मुला रहेछन् भन्ने ठहर जनताले गर्नेछन् । अहिलेसम्म भाषणले नेता बनेका गगन अब काम गरेर कामकाजी र उदाहरणीय मन्त्री बन्न सक्नुपर्दछ । नीति निर्माता, कार्यान्वयन र निर्णायक तहमा पुगेका गगनले जनताका अभिलाषालाई कसरी सम्बोधन गर्छन त्यो भने हेर्न बाँकी छ । आरामदायी मन्त्रीको कुर्सी र झण्डावाल गाडीमा सयर गर्दैमा हिजो आफैले बोलेका र जनतालाई दिएका वचन गगनले अवश्य बिर्सने छैनन् । औसत मन्त्री त सबै बन्छन्, मोडल मन्त्री बन्न सक्नुपर्दछ गगन, नत्र हात्ती आयो फुस्सा नै साबित हुने छ र गगनको सट्टा गनगन गर्ने नेतामा सीमित हुनेछन् उनी । सिंहदरबारको यात्रासंगै गगनको ख्यातीमा ह्रास हैन थप चुलिएको हेर्न चाहन्छन् नेपाली जनता । ***

तपाईको प्रतिक्रिया