बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले तीन सातामै मन्त्रिपरिषद तेस्रोपटक विस्तार गरी ‘जम्बो’ बनाउने क्रम सुरु गर्नुभएको छ । दाहालले शुक्रवार प्रमुख सत्ता साझेदार काँग्रेसका १३ जनालाई मन्त्री नियुक्त गर्नुभएको छ । काँग्रेसका मन्त्री थपिएपछि मन्त्रिपरिषद ३१ सदस्यीय भएको छ ।congress-ministers

दाहालले चार मन्त्रालय पशुपक्षी विकास, खानेपानी तथा सरसफाइ, महिला, बालबालिका तथा समाज कल्याण र विज्ञान तथा प्रविधिमा मन्त्री नियुक्त गर्न बाँकी छ। दाहालले आफ्नो पार्टीको भागमा परेका ८ मध्ये चार मन्त्रालयमा राज्यमन्त्री नियुक्त गरिसक्नुभएको छ । बाँकी ४ मन्त्रालयमा मन्त्री नियुक्त गर्दा मन्त्रिपरिषद् ३५ सदस्यीय पुग्नेछ । ३० मन्त्रालयमध्ये बाँकी २६ मा समेत राज्यमन्त्री नियुक्त गरिएमा मन्त्रिपरिषद ६१ सदस्यीय पुग्ने आजको कान्तिपुरमा छापिएको छ ।

संविधानमा सङ्घीय सरकारमा बढीमा २५ सदस्यीय मन्त्रिपरिषद हुने व्यवस्था छ । यो मुलुकमा सङ्घीयता कार्यान्वयन भएपछिमात्र लागू हुने संवैधानिक व्यवस्था हो। यो प्रावधान अहिल्यै लागू गर्नु प्रधानमन्त्रीका लागि संवैधानिक बाध्यता नभए पनि त्यसलाई पालना गर्नु उनको नैतिक कर्तव्य हो । दाहाल मन्त्रिपरिषदमा काँग्रेसका १५, माओवादी केन्द्रका ४ राज्यमन्त्रीसहित १२, राप्रपाका २, नेकपा संयुक्तका १ गरी ३० मन्त्री छन् ।

काँग्रेस–माओवादी केन्द्र गठबन्धनले दाहाललाई प्रधानमन्त्री निर्वा्चित हुँदा मत दिएर सहयोग गरेका थप दलहरूलाई समेत मन्त्रिपरिषदमा सामेल गर्दैछन्। सिमांकनलगायतका मुद्दामा मधेसी मोर्चासित सहमति भएमा ती दललाई समेत सरकारमा ल्याउने तयारी काँग्रेस–माओवादी केन्द्र गठबन्धनको छ ।

तपाईको प्रतिक्रिया