शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौँ – नारायणगढबाट मुग्लिनसम्म आउने ३६ किलोमिटर सडकखण्ड जहिल्यै असुरक्षित र साँघुरो त छँदैछ। त्यहीमाथि विस्तारका नाममा सडक विभागले सडकको जुन हविगत बनाएको छ, यात्रुहरु हरेक क्षण ज्यान धरापमा राखेर हिँड्न बाध्य छन् ।1472193900463_NA_Chitwan_160826_Accident Place

चितवन प्रहरी प्रमुख एसपी वसन्त कुँवरका अनुसार साँघुरो सडक, धेरै खाल्डाखुल्डी र पेटी नभएका कारण नारायणगढ मुग्लिन सडकको कालीखोलाखण्ड निकै जोखिमपूर्ण रहेको छ । आजको अन्नपूर्ण दैनिकमा खबर छ । ‘दुर्घटना भएको बस खसेको ठाउँमा सडक साँगुरो छ। खाल्डाखुल्डी धेरै छन् । त्यही ठाउँमा प्याराफिट पनि छैन,’ उहाँले भन्नुभयो, कि ड्राइभर झुक्किएर खस्यो कि निदायो भन्ने अनुमान गर्न सकिन्छ ।’

ड्राइभरकै मृत्यु भएकाले बस दुर्घटनाको अनुसन्धानमा कठिनाइ भएको छ । घटनास्थल पत्ता लगाउन र उद्धारको लागि धेरै समय लागेको मुग्लिन इलाका प्रहरी कार्यालयका इन्चार्ज योगबहादुर हमालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया