शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौँ – विशिष्ट व्यक्ति साधारण र सामान्य स्वास्थ्य परीक्षणका लागि समेत लाखौँ खर्चेर विदेश जान थाले भनेर वीर अस्पतालले कबिर दुई वर्षअघि ३० लाख रुपैयाँ खर्च गरी अस्पतालको विशिष्ट क्याबिन मर्मतसम्भार गर्‍यो ।

विशिष्ट व्यक्ति पद र सरकारी कोषको दुरुपयोग गरेर साधारण र सामान्य उपचारका लागि पनि विदेश गएको भन्दै सर्वसाधरण र सञ्चार माध्यमले आलोचना गरेपछि अस्पतालका विशिष्ट कक्ष मर्मतसम्भार गरिएको थियो । अस्पतालले आफ्ना अति विशिष्ट क्याबिन मर्मतसम्भार त गर्‍यो ।

तर मर्मतसम्भार गरेपछि एक जना पनि विशिष्ट व्यक्ति उपचारका लागि दुई वर्षयता वीर अस्पताल पुगेका छैनन् । आजको नागरिक दैनिकमा खबर छ । विगतमा राजपरिवारका सदस्यहरूले समेत प्रयोग गरिएका आधुनिक र उच्च प्रविधियुक्त बिलासी क्याबिनहरु दुई वर्षदेखि बन्द छन् ।

तपाईको प्रतिक्रिया